फेरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि


ईकोनोमिक खबर, काठमाडौं । नेपाल आयल निगमले वुधबार देखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैंयाले मूल्य बढेको छ भने एलपिजि ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य समायोजन भएको नेपाल आयल निगमको प्रेस विज्ञप्तिमा उल्लेख छ।

अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १६० रुपैंया तथा डिजेल र मट्टितेलको १४३ रुपैंया पर्ने भएको छ।

त्यस्तै खाना पकाउने एलपिजि ग्याँसको प्रतिसिलिण्डर २५ रुपैंया थप भएर रु सोह्रसय मुल्य कायम गरिएको निगमले जनाएको छ ।

कच्चातेलमा अन्तराष्ट्रिय बजारमा लगातार रुपमा मुल्यबृद्धिले गर्दा आयल निगमको नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

हरेक १५ दिनमा भारतिय आयल कर्पोरेसनबाट आएको नयाँ मुल्यमा समायोजन गर्नका लागी आयल निगमले मुल्यवृद्धि गरेको जनाएको छ।

निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने भएको छ।

यस मुल्य समायोजन पश्चात मासिक रुपमा रु ९ अर्ब २७ करोड र बार्षिक ३३ अर्व रुपैंया घाटा हुने निगमको अनुमान गरेको विज्ञप्तिमा उल्लेख छ ।