कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने, मन्त्री रामनाथ अधिकारी


काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन्।

किसान आयोगको आठौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अधिकारीले निर्बाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए। ‘अहिले पनि धेरै परिवार कृषिमा लागेका छन् तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यवसायिक बनाउन आवश्यक छ,’ मन्त्री अधिकारीले भने।
कृषि उपजको आयात प्रतिस्थापन गर्न स्थानीय र प्रदेश सरकार पनि लाग्न पर्ने उनको भनाइ छ।

मन्त्री अधिकारीले भने हाम्रो विहान वेलुकाको खानामा विषादीको चरम प्रयोग छ, हेर्दा राम्रो छ तर पछि विभिन्न रोग निम्त्याउछ, क्यान्सरको कारक तत्वमा अत्यादि विषादीको प्रयोग भएका खानेकुरालाई लिन सकिन्छ र यसलाई समयमै नियन्त्रण गर्नुपर्ने बताउनु भयो।
आयोगका अध्यक्ष डा.प्रेम दगांलले कार्यपत्र पेश गर्नुभयो। कार्यपत्रमा उठेका जिज्ञासा र किसानका समस्यालाई उठान गर्दै जाने विचार ब्यक्त गर्नुभयो।