काठमाडौँ , बिग एजुकेशन कन्सल्टेन्सीले ‘कथावाचक’ साइग्रेस पोखरेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीको घोषणा गरेको छ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच ‘कथावाचक’साइग्रेसले ब्रान्ड एम्बेस्डरका रूपमा कन्सल्टेन्सीको एमओयू हस्ताक्षर गरेका हुन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई सहित पदाधिकारीहरू, सञ्चारकर्मीहरू, परामर्श व्यवसायीहरू तथा बिग एजुकेसनका शुभचिन्तकहरू माझ हस्ताक्षर समारोह सम्पन्न भएको हो।