काठमाडौं । सेलिब्रेटी नेपाल प्रतिस्ठानको आयोजना ‘ तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड – २०८१ ’ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा गीत / संगीतको २४ वटा विधा र चलचित्रको ७ वटा विधा गरी जम्मा ३१ वटम विधामा कलाकर्मी तथा उनीहरूको सृजनाले अवार्ड प्राप्त गरेका छन् । काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा आयोजित अवार्डमा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई २५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको छ । सोही कार्यक्रममा पत्रकार सामिप्यराज तिमल्सिनालाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा गीत / संगीत र चलचित्र समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी., नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, इन्टरनेसनल मोडल दिपक घिमिरे, निर्देशक घनश्याम लामिछाने, वरिष्ठ पत्रकार तथा गीतकार गोपाल प्रसाद थपलिया, किड्स मोडल अनया शाह, फेशन डिजाइनर विकाश खड्का, गीतकार हरि उप्रेती, समाजसेवी कमल प्रसाद दाहाल, फेशन डिजाइनर पुरन बहादुर कुँवर, गायक रुद्र शेखर शर्मालगायतको उपस्थिति रहेको अवार्डको जुरीमा संगीतकार राजु सिंह, छायाँकार राम के.सी., कोरियोग्राफर लिगेश भट्टराई र मोडल उत्साह घिमिरे रहेका थिए ।
गीत / संगीततर्फ अवार्ड विजेता ;
उत्कृष्ट गायन पुरुष ( आधुनिक ) : रमेश पाठक ( सातै सुर )
उत्कृष्ट गायन महिला ( आधुनिक ) : मनु दाहाल ( एउटै बर्को पिरतीको )
उत्कृष्ट संगीतकार ( आधुनिक ) : नरहरि प्रेमी ( मनको मझेरी )
उत्कृष्ट गायिका ( लोक ) : आशा लामा ‘ ज्ञानमाला ’ ( रातो रातो गाला )
मिक्स / मास्टरिङ्ग : चन्द्र चौधरी ( जुग जाने माया )
उत्कृष्ट म्युजिक भिडियो निर्देशक : कृष्ण पौडेल ( भन कति चाहियो माया )
उत्कृष्ट म्युजिक भिडियो निर्देशक ( जुरी अवार्ड ) : दिलिप समन– ( पान पुतली माया )
उत्कृष्ट म्युजिक भिडियो निर्देशक ( पब्लिक च्वाइस अवार्ड ) : सविन कुमार तोलाङगी ( पिरतीले सल्काई देउ )
उत्कृष्ट म्युजिक भिडियो छायाँकार : रामेश्वर हुमागाईं ( एउटै बर्को पिरतीको )
उत्कृष्ट कोरियोग्राफर : प्रकाश तिमल्सिना ( प्रेमिल मन )
उत्कृष्ट मेकअप आर्टिस्ट : रबि के.सी. ( ए जिन्दगी )
उत्कृष्ट मोडल पुरुष ( आधुनिक ) : पुस्कर राउत ( झुठो बोल्दिन )
उत्कृष्ट मोडल पुरुष (जुरी अवार्ड ) : अनुराग थपलिया ( पिरतीले सल्काई देउ )
उत्कृष्ट मोडल महिला (आधुनिक ) : साया भण्डारी ( चमेली फूल को हजुर )
उत्कृष्ट मोडल महिला (जुरी अवार्ड ) : कबिता न्यौपाने ( थाहै थिएन )
उत्कृष्ट शब्द रचना : केशव शर्मा बेलबासे (बुझ्नै सकिन)
उत्कृष्ट लोक गायन ( पुरुष ) : शम्भु फोम्बो ( पुर्वैको मारुनी
उत्कृष्ट लोक गायन पुरुष ( जुरी अवार्ड ) : देवराज आले ( मास्टरनी )
उत्कृष्ट मोडल लोक ( पुरुष ) : भुवन के. पोखरेल ( सिर सिर पिपल पातले )
उत्कृष्ट मोडल लोक पुरुष ( जुरी अवार्ड ) : सुरेन्द्र महर्जन ( गाउँ हेर्यो गाउँ सबै )
उत्कृष्ट गायन (नयाँ प्रतिभा ) : सोनीका प्रिन्सेस ( सिन्धुली घुम्न जाउँ )
उत्कृष्ट गायन नयाँ प्रतिभा (जुरी अवार्ड ) : एड्रिका थापा ( वन टाइम )
उत्कृष्ट मोडल (नयाँ प्रतिभा ) : बिबेक कार्की ( खुल्दुली २ )
पब्लिक च्वाइसः प्रिन्स युवराज कार्की – चमेली फूल को हजुर
उत्कृष्ट मोडल नयाँ प्रतिभा ( जुरी अवार्ड ) : इश्वर श्रेष्ठ ( नयन ले खोजी )
उत्कृष्ट मोडल लिम्बु भाषाको म्युजिक भिडियो : पुस्पान्जली तित्लिंग लिम्बु
उत्कृष्ट मोडल लिम्बु भाषाको म्युजिक भिडियो ( पब्लिक च्वाइस अवार्ड ) : संजिव थेबे लिम्बु
चलचित्रतर्फ अवार्ड विजेता ; उत्कृष्ट चलचित्र : बुलाकी
उत्कृष्ट चलचित्र निर्देशक : मिलन चाम्स (गोर्खा वारियर)
उत्कृष्ट अभिनेत्री : दिया पुन ( दयारानी )
उत्कृष्ट अभिनेता : मुकुन भुषाल ( गणपती )
उत्कृष्ट पटकथा : राज बहादुर साने ( बुलाकी )
उत्कृष्ट नव अभिनेता : बिराज बिस्ट ( बुलाकी )
उत्कृष्ट नव अभिनेता ( जुरी अवार्ड ) : रितेश चाम्स ( गोर्खा वारियर )
कल्चरल चलचित्र तर्फ अवार्ड विजेता ;
उत्कृष्ट अभिनेता (कल्चरल चलचित्र) : सागर केरुङ्ग ( चे )
उत्कृष्ट अभिनेत्री (कल्चरल चलचित्र) : लक्ष्मी योङ्घहाङ्ग लिम्बु (रीत)
उत्कृष्ट निर्देशक (कल्चरल चलचित्र) : दिनेश लिङ्ग्देन (रीत)
उत्कृष्ट पटकथा (कल्चरल चलचित्र) : सागर केरुङ्ग (चे)
उत्कृष्ट कल्चरल चलचित्र : लोजिमा
उत्कृष्ट सह अभिनेता (कल्चरल चलचित्र) : पूर्ण सेलिङ्ग (रीत)