काठमाडौँ। साताको दोस्रो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । आज नेप्से परिसूचक १५.५४ विन्दुले घटेर २५९४.१३ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.५९ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ वटै उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ०.८९ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन तीन अर्ब ९९ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६४ हजार दुई सय ७८ पटकको कारोबारमा छ अर्ब ६५ करोड बराबरको किनबेच भएको छ । जसमा ६३ कम्पनीका शेयर बढेका छन् भने १७५ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी पाँच कम्पनीका शेयर स्थिर रहेका छन् ।
सोमबार सर्वाधिक बढ्नेमा बाराही हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंक रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड रह्यो जसको ४५ करोड २५ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा माछापुच्छ्रे बैंकको प्रमोटर शेयर रह्यो जसको आठ लाख ४९ हजार कित्ता शेयर किनबेच भएको छ।