काठमाडौँ। साताको दोस्रो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ।
आज नेप्से परिसूचक १५.५४ विन्दुले घटेर २५९४.१३ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.५९ प्रतिशतले घटेको हो।
यस दिन नेप्सेका १३ वटै उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ०.८९ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन तीन अर्ब ९९ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६४ हजार दुई सय ७८ पटकको कारोबारमा छ अर्ब ६५ करोड बराबरको किनबेच भएको छ। जसमा ६३ कम्पनीका शेयर बढेका छन् भने १७५ कम्पनीका शेयर घटेका छन्। त्यसै गरी पाँच कम्पनीका शेयर स्थिर रहेका छन्।
सोमबार सर्वाधिक बढ्नेमा बाराही हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंक रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड रह्यो जसको ४५ करोड २५ लाख बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा माछापुच्छ्रे बैंकको प्रमोटर शेयर रह्यो जसको आठ लाख ४९ हजार कित्ता शेयर किनबेच भएको छ।