काठमाडौं । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ ।
कोरोना संक्रमणको जोखिम बीच देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइदै छ । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ बिबिध कार्यक्रममको आयोजना गरिएका छन् ।
आर्थिक वर्ष २०७७र७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको बिभागले बताएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले बताएको छ।
यसै सन्दर्भमा कृषि तथा पशुपंक्षी विकास मन्त्रि बसन्त कुमार नेम्बाङले शुभकामना सन्देश दिँदै कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर कृषि क्षेत्रमा काम गर्न सबै किसान र सरोकारवाला संघ, संस्थालाई अनुरोध गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा किसान र कृषि लक्षित बजेट तथा कार्यक्रमले किसानको आर्थिक उत्थान र सम्बृद्धि हासिल गर्न सहयोग गर्ने विश्वास लिएको कृषि मन्त्रि नेम्बाङले बताए। आर्थिक वर्ष २०७८र७९ को बजेटमा पनि ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने बताएको छ ।
गत वर्ष धान उत्पादनमा वृद्धि भए पनि अझै नेपाल चामलमा आत्मनिर्भर बन्न सकिरहेको छैन । नेपाललाई कृषि प्रधानमुलुकका रूपमा रहे पनि चामलमा आत्मनिर्भर बन्न नसक्नु दुःखद् भएको विज्ञहरूको भनाइ छ । कृषि मन्त्रालयका अधिकारीहरूको अनुसार नेपाललाई वार्षिक १० लाख टन अपुग हुन्छ ।
नेपालमा उत्पादन हुने बाली मध्ये धान सबैभन्दा बढी प्रयोग हुने खाद्यान्न रुपमा रहेको छ । धान नेपालीको संस्कार र संस्कृतिसँग जोडिएको भए पनि उत्पादन अनुपात घटेर आयात बढेको अवस्था छ ।
आजकृषि विभाग १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको कार्यक्रम खुमलटारस्थित कृषि अनुसन्धान परिषद् खेतमा गरेको छ । यसबाहेक धान उत्पादन हुने सबैजसो जिल्लाहरुमा धान दिवसको कार्यक्रम हुने विभागले जानकारी दिएको छ ।