ईकोनोमिक खबर, काठमाण्डौं।
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ।
बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँले थप भएको छ। तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २० डलरले वृद्धि भएको छ।
मुल्य समायोजन पछि पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक १० रुपैयाँ र आन्तरिक हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर वृद्धि भएकाले नेपाली बजारमा पनि चाप बढेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार मूल्यवृद्धिपछि पनि निगमको घाटा यथावत छ । वृद्धि गरिएको मूल्यमा इन्धन बिक्री गर्दा पनि आगामी १५ दिनमा निगमलाई ६४ करोड ९७ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ ।