
ईकोनोमिक खबर, काठमाण्डौं।
महालक्ष्मी नगरपालिका ललितपुरको दसौं नगरसभाको आज सुभारम्भ भयो।
आज बसेको नगरसभाको बैठकमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठले पेस गरेको आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मतिले पारित भएको छ।
त्यसैगरी आजै उपप्रमुख श्री निर्मला थापाज्यूले आ.ब.२०७८र७९ को वार्षिक राजश्व तथा व्ययको अनुमान बजेट र न्यायिक समितिको प्रतिवेदन २०७८ सभा समक्ष पेस गर्नु भएको छ । त्यसैगरी सभा सदस्य श्री लक्ष्मण रोक्काज्यूले आर्थिक विधेयक २०७८ सभा समक्ष पेस गर्नु भएको छ । सभाको आगामी बैठक मिति २०७८ असार १० गते ११ बजे बस्ने गरी बोलाइएको छ।
आजको बैठकमा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवं प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूको आतिथ्यता रहेको थियो।
महालक्ष्मी नगरपालिकाको आ।व। २०७८र७९को नीति तथा कार्यक्रम…….