कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा. योगेन्द्रकुमार कार्की सचिवमा बढुवा भएका छन । आज बसेको मन्त्रीपरिषद् बैँठकले लोक सेवा आयोगको सिफारिसमा कार्कीलाई सचिवमा बढुवा गरेको हो । जेष्ठताका आधारमा कार्की सचिव भएका हुन् । कार्की प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका परिकल्पनाकार समेत हुन् । कार्य सम्पादनमा अब्बल ठहरिएका सचिव कार्कीले इकोनमिक खवर संगको कुराकानीमा आगामी दिनमा व्यवसायीक कृषिका लागि अझै धेरै काम गर्ने जिम्मेवारी पाएको बताए । धेरै समय कृषि मन्त्रालयले नेतृत्वदायी सचिव पाएका थिएन, कार्कीको आवागमनले कृषिमन्त्री घनश्याम भुषाललाई समेत सहयोग पुग्ने कृषि मन्त्रालयका पूर्व सहसचिव डिल्लीराम शर्माले बताए । कृषि अर्थशास्त्री समेत रहेका कार्कीको बहुपक्षिय दातृ निकायसंँग राम्रो सम्बन्ध छ । साना तथा सिमान्तकृत किसानको क्षमता विकासमा उनले जोड दिदै आएका छन् ।