राशायनिम मल ल्याउन नसक्ने दुई कम्पनी संगको ठेक्का सम्झौता तोडियो , धरौटी जफत ।


 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ल्याउन नसक्ने सैलुङ इन्जरप्राइजेज र होनिको मल्टिपल प्रालि संगको ठेक्का सम्झौता तोडेको छ । साथै उनिहरुले ठेक्का सम्झौताको राखेको धरौटी समेत जफत गरिने गरि कानुनी प्रकृया अघि बढेका कृषि मन्त्रालय प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । ती कम्पनी संग कृषि साम्रगी कम्पनीले वैशाखमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ती कम्पनीहरुले शनिवार सम्म मल ल्याउनसक्नु पर्ने थियो । ल्याउने आधार नदेखिएपछि ठेक्का सम्झौता तोडिएको कृषि साम्रगी कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । धानको टप ड्रेसिङ गर्ने क्रममा देशभर मलको हाहाकार छ ।