मन्त्रिपरिषदको बैंठक बस्दै खतिवडालाई विदाइ गरिदै ।


ईकोनोमिक खबर, काठमाडौं। मन्त्रिपरिषदको बैंठक अहिले साढे ११ बजे बस्ने भएको छ।

आजको मन्त्रिपरिषद बैंठकले राष्ट्रियसभामा बामदेव गौतमलाई लैजान सिफारिस गर्नेछ। त्यस्तै आजै अर्थमन्त्री युवराज खतिवडालाई विवाद गरिने एक मन्त्रीले इकोनोमिक खबरलाई जानकारी दिए।

सिसिएमसीले गरेका कामका बारेमा पनि समिक्षा हुनेछ। त्यस्तै केही नियुक्तीका बारेमा पनि छलफल हुँदैछ। बंगलादेशबाट रासायानिक मल ल्याउने प्रकृयाका विषयमा पनि आजको मन्त्रिपरिषदका छलफल हुने बुझिएको छ ।