नेकपा सचिवालयले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय संगै अर्थमन्त्री युवराज खतिवडाको पुन मन्त्रीहुने च्याप्टर क्लोज भएको छ । सचिवालय बैंठकपछि इकोनमिक खवरको सम्पर्कमा आएका एक सचिवालय सदस्यले प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यका अरु कसैलाई राजिनामा नगराए अर्थमन्त्रीको च्याप्टर क्लोज भएको छ । सचिवालयलका बहुमत सदस्यले अर्थमन्त्रीका युवराज खतिवडालाई पुन नियुक्तीका विषयमा असहमती जनाएको हुँदा प्रधानमन्त्री जोडबल नगर्ने सचिवालय सदस्यको विश्वास छ । विहीवारको सचिवालय बैंठकमा रिक्त हुने अर्थ र संचार मन्त्रालयमा कसलाई नियुक्ती गर्ने भन्ने टुंगो लागको छैन ।
मन्त्रिपरिषद हेरफेर यसै हप्ता ।
प्रधानमन्त्री यही हप्ता मन्त्रीपरिषदको हेरफेर गर्ने भएका छन । मन्त्रीपरिषद हेरफेरमा अहिले मन्त्रिमण्डलमा रहेका प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र अर्को नेता माधव नेपालका विश्वास पात्र रहने छन ।