विहीवार बाट राजधानिको निषेधाज्ञा खुकुलो ; अत्यावशेक पसल विहान ११ बजेसम्म खुल्ने ।


राजधानी उपत्याकामा निषेधाज्ञा खुकुलो पारिएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैंठकले सिफारिस बमोजिम खुकुलो पारिएको हो । अब विहान ११ बजेसम्म पसल खुला हुन पाउने छन । त्यस्तै दिउँसो २ बजेपछि निर्माण साम्रगीका पसल र ढुवानी निश्चित सर्तसहित सुचारु हुने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ । त्यस्तै कार्यालय जानका लागि विहान साढे १० सम्म खुकुलो पारिएको छ । बैंकले सिमित कर्मचारी राखेर सेवा प्रवाह गर्न पाउने छन ।