नेकपामा नयाँ अर्थमन्त्रीको खोजी ?


 

नेपाल कम्युनिष्ट पार्टीमा नयाँ अर्थमन्त्रीको खोजी सुरु भएको छ । राष्ट्रिय सभामा सचिवालय सदस्य बामदेव गौतमले जाने दावी गरेपछि नयाँ अर्थमन्त्रीको खोजी भएको हो । ९ सदस्य सचिवालयले गत वैशाखमै बामदेव गौतमलाई सिफारिस गरेको थियो । गौतम यस अगाडीको निर्णय कार्यान्वयनका लागि बुधबार साझ बालुवाटार पुगेर लविङ गरेको बुझिएको छ । अर्थमन्त्री युवराज खतिवडाको भदौं २१ गते कार्यकाल सकिदै छ । खतिवडालाई निरन्तरता दिने पक्षमा नेकपा सचिवालयका बहुमत सदस्य नदेखिएपछि नयाँ अर्थमन्त्री खोजी सुरु भएको हो । यद्यपी प्रधानमन्त्री खतिवडालाई नै निरन्तरता दिने पक्षमा हुनुहुन्छ । बुधवार नै नेकपाका दुई अध्यक्ष बिच यस विषयमा छलफल भएपनि सहमती जुट्न सकेन । युवराज खतिवडाको विकल्पमा कोरोना महामारीका अर्थमन्त्रालय सम्हाल सक्ने अर्थमन्त्रीको भित्रभित्रै खोजी भएको एक स्थायी समिति सदस्यले इकोनमिक खवरलाई बताए । खतिवडामा सहमती नजुटे अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न सक्ने नेताको खोजी सुरु भएको छ । चर्चामा चलेको सुरेन्द्र पाण्डे, विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हाल्न सक्नेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्न, सामान्य अवस्था अहिले होइन प्रधानमन्त्री निकट स्रोतले भन्यो । अहिलेको विषय अवस्थामा स्रोत जुटाउन अर्थमन्त्रीको विशेष क्षमता चाहिन्छ । नेकपामा एकसे एक नेता रहेपनि अर्थमन्त्रालय सम्हाल्ने सक्ने नेताको खाँचो छ । अर्थ मन्त्रालयको नेतृत्वका लागि एक दर्जन नेताहरु नेतृत्वका लागि दौडधुप गरिराख्नु भएको छ तर अहिले सम्म कसैले पनि अर्थमन्त्रालय सम्हाल्न सक्न स्पष्ट योजना ल्याउन नसकेको ती नेताले बताए । प्रधानमन्त्रीलाई कसैले पनि कन्नभिन्स गर्न नसकेको अवस्था छ । विहीवारको सचिवालय वा शुक्रवार सम्म विषय टुंगो लाग्छ ओलि निकट नेताको भनाइ छ ।