ईकोनोमिक खबर, काठमाडौं। महामारीका बेला घर घर सम्म पुगेको अनलाइन डेलिभरि बुधबारबाट सुचारु हुने भएको छ।
अत्यावस्यक साम्रगीलाई घर घर सम्म पुर्याउने निर्णय भएको इ कमर्शहरुको छाता संस्थाले बताएको छ । स्थानिय प्रशासनको मौन समर्थन पछि औषधी, खाद्यवस्तु, दुग्धजन्य वस्तु लगायतका अत्यावस्यक वस्तुहरु सुरक्षित तरीकाले डेलिभरी गरिनु पर्नेछ।
आइतवार भक्तपुरमा स्थानिय विक्रेताले दुध बाटोमा पोखेपछि प्रधानमन्त्री कार्यालयले गृहलाई सचेत गराएको बुझिएको छ । किसानको उत्पादन खेर गइरहेको भन्दै राष्ट्रिय किसान आयोग र कृषि तथा पशुपन्छि विकास मन्त्रालयले समेत अत्यावस्यक वस्तुको विक्रीवितरणमा सहजीकरण गर्न माग गरेका थिए । किसानले उत्पादन गरेको बस्तु बजार सम्म नपुग्ने र बजारमा अभाव हुन थालेपछि सहजीकरण गर्ने थालिएको हो ।
अनलाइन व्यापार प्रति कठोर देखिएका उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु प्रधानमन्त्री कार्यालयको निर्देशन पछि हच्किएका हुन।