मन्त्रिपरिषद हेरफेरको हल्लाले शेयर बजारमा उछाल ; ४ अर्बको कारोवार


सेयर बजार परिसुचक नेप्से आज २५ अंकले बढेको छ । आज ९६ लाख कित्ता सेयर ४ अर्ब रुपैयाँको कारोवार भएको छ ।  मन्त्रिपरिषदको हेरफेरको चर्चा संगै बजारमा हरियाली आएको हो । अंक १६ सय नजिक पुग्ने विश्लेषण हुन थालेको छ । नयाँ अर्थमन्त्रीको आवागमन हुने शेयर बजारम चर्चा चलेसंगै लगानीकर्ता हौसिएका छन । अर्थमन्त्री युवराज खतिवडा बाहिरिए केही दिनमै शेयरले नयाँ रेकर्ड काय राख्ने विश्लेषकहरुको भनाइ छ ।