पुराना मागपत्रमा नयाँ श्रम स्वीकृति दिइने ; श्रम मन्त्रालय


ईकोनोमिक खबर, काठमाडौं। गन्तव्य मुलुकले नयाँ श्रमिक मागेमा नेपालीलाई ती देशमा जान सक्ने व्यवस्था सरकारले गरेको छ। यसका लागि निषेधाज्ञा पछि श्रम मन्त्रालयले त्यस्ता श्रमिकलाई श्रम स्वीकृति दिनेछ। सम्वन्धित देशका कम्पनी र सरकारले जारी गरेका नो अब्जेक्सन चिठीका आधारमा जो सुकैलाई पनि श्रम स्वीकृति जारी गरिने वैदेशिक रोजगार विभागका महानिर्देशकले इकोनोमिक खवरलाई जानकारी दिए।
सरकारले दुई महिनामा करिव ५ हजारलाई पुनः श्रम स्वीकृति दिइसकेको छ। मन्त्रिपरिषदको बैंठकले नयाँ श्रमिकलाई पनि श्रम स्वीकृति पनि दिने भएपछि व्यवसायीहरु समेत उत्साहित भएका छन । नयाँ पुराना गरि करिव दश हजार बैदेशिक रोजगारमा जान पाउने छन।