यसै हप्ता मन्त्रिपरिषद हेरफेर हुँदै, अर्थमा पौडेल र पाण्डेको दौंडधुप


ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसै हप्ता मन्त्रिपरिषदक हेरफेरको तयारी गरेका छन।

मन्त्रिपरिषद हेरफेरको चर्चा संगै नेकपाका नेताहरु नेताको दैलो चहार्न थालेका छन । मन्त्रिपरिषदको पुरै सेट परिवर्तन गर्ने कि दुई वर्ष पुरागरेका मन्त्रीलाई मात्र फेर्ने भन्ने निर्णय हुन बाँकी छ। भदौं २० गते अर्थमन्त्री युवराज खतिवडाको दोस्रो कार्यकाल पनि सकिन लागेको हुँदा खतिवडालाई पुनः नियुक्ती गर्न सम्भावना कम रहेको ओली निकट नेताहरुले इकोनोमिक खवरलाई जानकारी दिएका छन।

खाली हुने अर्थमन्त्रालयको नेतृत्वका लागि विष्णु पौडेल र सुरेन्द्र पाण्डे दौडमा रहेको बुझिएको छ। पाण्डेसंग अर्थमन्त्रालय सम्हालेको अनुभव रहेको छ । अर्को तर्फ महासचिव विष्णु पौडेलले पार्टी जोगाउन महत्वपूर्ण भूमिका खेलेको हुँदा प्रचण्ड पनि पौडेल तर्फ सकारात्मक हुने बुझिएको छ । दुइ नेताहरुले नै रहर गरेको हुँदा समस्या आएको नेताहरुको भनाई छ।

बालुवाटार जग्गा प्रकरणका कारण पौडेललाई मन्त्रिपरिषद लैजान नकारात्मक सन्देश जाने हुँदा तत्काल पौडेललाई मन्त्रिपरिषदका नलैजान ओली पक्षिय नेताहरुले सुझाएको बुझिएको छ । दुई वर्ष पुरा गरेका मन्त्रीलाई विदा दिई काम गर्ने सक्नेलाई मन्त्रिपरिषदमा समावेश गर्ने ओलीले चाहेका छन। दुइ वर्षपछि हुन लागेका निर्वाचनका लागि लक्षित गरि जुझारुलाई दिने तयारी छ।