ईकोनोमिक खबर, काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ)मा आवेदन दिने मध्येबाट २० हजार ५०९ जनाले शेयर नपाउने भएका छन्।
रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि ५६ लाख ७० हजार कित्ता साधारण शेयर जारी गरेको थियो। आवेदकहरुबाट २,२९,२६,०१० कित्ता शेयरको लागि आवेदन परेको थियो
जसमा ५ लाख ८७ हजार ५०९ जना शेयर पाउन योग्य देखिएका छन्। सो मध्ये १९५५ आवेदकहरुकोे ७१,५९० कित्ता शेयरकोे आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयरमा ५ लाख ८९ हजार ४ सय ६४ वटा आवेदन परेको छ।सो पश्चात् ५,८७,५०९ योग्य आवेदकहरुमा गोलाप्रथाको आधारमा बाँडफाँड गर्दा ५,६७,००० आवेदकहरुलाई आजको मितिमा १० कित्ता शेयर बाँडफाँड गरिएको हो ।
कम्पनीमा, सो पश्चात् निष्काशित ६३,००,००० कित्ता शेयरमा ५,६७,२४३ शेयरधनी कायम भएका छन्।