फेरी सुन प्रतितोलामा ८०० बढ्यो


ईकोनोमिक खबर, काठमाडौं।

नेपाली बजारमा सुनको मूल्य बिहीबार बाट फेरि बढेको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मुल्य बुधबारको तुलनामा हेर्ने हो भने प्रतितोला ८०० रुपैयाँ बढी हो।

यस्तै बिहीबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ रहेको छ।

बुधबार तेजावी सुन तोलाको ९३ हजार ३०० रुपैयाँ थियो, अर्थात तोलामा ८०० रुपैयाँले नै बढेको हो।

यसैगरी चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।