
ईकोनोमिक खबर, काठमाडौं।
काँकडभित्ता देखि इनरुवासम्मको ट्र-याक बेड बनाउने रेल विभागको ठेक्का रद्द भएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाईनमा प्राविधिक समस्या देखिएपछि तत्कालका लागि ठेक्का रद्द भएको हो।
सार्वजनिक खरिद अनुगमन कार्यालयले साउन चौबीस गतेदेखि चार दिन सम्मका ई-बोलपत्र पुनः प्रकाशित गर्ने भनेको छ।
सो समयमा मेलम्ची खानेपानि आयोजनाको पाइप राख्ने पनि ठेक्का आह्वान गरेको थियो। सो समयमा जारी भएका ई बोलपत्रहरु पनि पुनः प्रकाशन गर्नुपर्ने छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी कामका कार्यक्रम र निर्माणको ठेक्का विद्युतीय माध्यमबाट हुने गरेको छ।