
भदौ ७ काठमाडौं । धान लगाउने समयमा देशभर देखिएको राशायनिक मलको अभाव अब नरहने कृषि मन्त्रालयले बताएको छ । खरिद गरेको मल विरगज आउन सुरु भइसकेको हुँदा अभाव अब धेरै दिन रहदैन । नाकामा आएको मललाई अब समानुपातिक तवरले वितरण गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हरिबहादुस केसीले जानकारी दिए । अल अभावका कारण धेरै किसानले समस्या झलेको भन्दै यस अघि नै मन्त्रालयले माफी मागेको छ । धानका लागि चाहिने करिव तीस हजार टन मल आउन सुरु भएको हो । मन्त्रालयले यस वर्ष मल खरिदका लागि ११ अर्ब रुपैयाँ बजेट छुटाएको छ ।