ईकोनोमिक खबर, काठमाडौं।
सरकारले आउँदो भदौं १६ गते देखि अन्तराष्ट्रिय उडान सुचारु गर्ने भएको छ।
कोरोना परिक्षण सहज भएका देशबाट नेपाली र कुटनीतिक नियोगका नागरिकलाई दुताबासको सिफारिसमा आउँन अनुमती दिने भएको हो । कम्तिमा एक हप्ता होटल क्वारेन्टिनमा बस्ने गरि आयात अनुमती दिइएको संचारमन्त्री युवराज खतिवडाले नियमीत पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै नियमित उडान नखोलिएका कतार, साउदी अरेविया, कुवेत लगाएतका देशबाट आउने नागरिकलाई भने पिसिआर परिक्षण गरेर मात्र आउन दिइने छ । ती देशमा चार्टड र उद्धार उडान मात्र सिमित हुने सरकारी अधिकारीहरुले बताएका छन ।
हालसम्म खाडीका देशबाट ५० हजार नागरिक आइसकेका छन। बाँकी ५० हजारलाई ल्याउन अनुमती दिन लागिएको हो । आफना नागरिको उद्धारमा खेलाची गरेको भन्दै सरकारको आलोचना हुने गरेको छ ।