ईकोनोमिक खबर, काठमाडौं।
राष्ट्रिय किसान आयोगको आयोजकमा किसान संघ, संगठन, सँस्था, संजाल लगायतका सरोकारवालाहरु श्रावण १२ गते आयोगको सभाहलमा अन्तरकृया कार्यक्रम सम्पन्न भयो।
यस बैठक तथा अन्तरकृया कार्यक्रममा आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम संचालन भयो। नेपाल सरकारका पूर्व कृषि तथा पशुविकास मन्त्री एवं अखिल नेपाल किसान संघका संयोजक हरी पराजुली यस कार्यक्रमा विशेष अतिथिका रुपमा उपस्थिती रहेको थियो। यस्तै आयोगका सदस्यहरु, आयोगका प्रवत्ता रविन्द्र के.सि. र सदस्य सचिव, किसान संघ, संगठन, सँस्था, संजाल लगायतका सरोकारवालाहरुको प्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायत ५० जना भन्दा बढिको उपस्थिति थियो । आयोगका सदस्य तथा कृषि विज्ञ उदयचन्द्र ठाकुरबाट स्वागत मन्तब्य तथा कार्यक्रमको विषयमा जानकारी गराउदै खुल्ला छलफल संचालन भयो।
छलफलका विषयहरु आब ०७७।०७८को बजेटमा भूमि बैंकको स्थापना र कृषिमा बजेट कमी, राष्ट्रिय कृषि निति २०७७को प्रारम्भिक मस्यौदामा संसोधन, परिमार्जन, सलह किरा र कारोना भाईरस (कोभिड १९)का कारण कृषि क्षेत्रमा परेको असर, विदेशि लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार कृषि क्षेत्रमा हुने बैदेशिक लगानीले स्थानिय तथा साना किसानमा पर्ने असर, किसान संघ, संगठन, सँस्था, संजाल लगायतका सरोकारवालाहरुको भूमिका र राय सल्लाह संग्रहगरी प्रतिवेदन टिपोट गरी सुझावलाई सम्बन्धित निकायमा निति निर्माणमा संसोधन गरीने धारणा आयोगका अध्यक्षबाट ब्यक्त गर्दै यस कार्यक्रम समापन भयो।
कार्यक्रमको फोटो तथा भिडियो संग्रहपनि समावेश छ .........