![](https://economickhabar.com/wp-content/uploads/2025/01/1597132721Shree-Krishna-Janmashtami-2077.jpg)
ईकोनोमिक खबर, काठमाडौं।
आज भाद्र अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्मदिन मनाइँदै छ। द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । पिता वासुदेव र माता देवकीको ८ औं कोखबाट यसै दिन जन्म भएका भगवान् श्रीकृष्ण ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ।
‘‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको उत्थान गर्नेछु,’’ भन्ने उद्घोषलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ । भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई उहाँका भक्तजनले आजसम्म अल्हादित हुँदै संस्मरण गर्दै आएका छन्।
कोरानो भाइरस (कोभिड–१९ं को प्रभाव बढिरहेका बेला सचेत भएर कृष्णाष्टमी मनाउन नेपाल सरकार, गुठी संस्थान, धार्मीक मन्दिर ब्यवस्थापन समितिले सर्वसाधारणमा जानकारी गराएका छन । ललितपुर दरवारमा अवस्थित पाटनको कृष्ण मन्दिर, मकवानपुर भैँसेको कृष्ण मन्दिर, मातातीर्थ, हनुमानढोका दरबार परिसर, गोठाटारको कृष्ण मन्दिर लगायतका सबै कृष्ण मन्दिरमा यो दिन पूजन हुने भए पनि कोरोनाको बढ्दो प्रभावले घरमै बसेर कृष्णको अर्चना गर्नुु उपयुुक्त हुने पण्डित हरिहर उपाध्याय बताउनुहुन्छ।
गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार राजगुठी अन्तर्गतका सबै कृष्ण मन्दिरमा भीडभाड गर्न नदिएर पुजारीले नित्य पूजा गर्नुपर्ने भनिएको छ ।