मनसुन सक्रिय भएकाले अस्तिदेखि देशका धेरै ठाउँमा पानीले डुवान बनाउने, जोखिम क्षेत्रका बासिन्दा सर्तक रहन आग्रह


ईकोनोमिक खबर, काठमाडौं।

लगातारको भरीमा नेपालका प्रमुख राजमार्गहरुमा पहिरोले अवरुद्ध हुनेछ। नदिनाला र पहिरोको उच्च जोखिमका क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन आग्रह गरेका छन। अत्याधिक बर्षासँगै नदी, खोलानालामा पानी बहाव बढेसँगै बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र नाला तथा ढलको पानी निकास नहुँदा शहरी क्षेत्रमा डुबान पनि हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदको सुझाव छ ।

मनसुन सक्रिय भएकाले अस्तिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । तर कतै नजिकै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्ने क्रम बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा पूर्वमा नजिकै रहेको र पश्चिममा अलि पर सर्ने क्रममा रहेकाले आज पश्चिमको तुलनामा पूर्वमा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर बेलुकीदेखि हिजोअस्तिको भन्दा कम पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले बताउनुभयो ।

सामान्यतया मनसुनमा देशभरी नै फैलिएर पानी पर्नुपर्ने भए पनि अस्तिदेखि कुनै निश्चित ठाउँमा ठूलो पानी पर्ने र नजिकै अर्को ठाउँमा भने पानी नपर्ने गरेको पाइएको उहाँले बताउनुभयो । पानी पर्ने तरिका फेरिँदा बाढी, पहिरोको जोखिम झनै बढेको उहाँको भनाई छ ।

आज प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ ।