ईकोनोमिक खबर, काठमाडौं। मनसुन अगावै पहिरो खसेपछि काठमाडौ छिर्ने प्रमुख नाका अवरुद्ध भएको थियो। बुधबार बिहान चार बजे देखि खसेको पहिरो बिहिबार राति १० बजे पन्छाएपछि सडकमा गाडी दोहोरो गुड्न थालेका हुन्।
नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि दुई तर्फ खुलेको छ।अत्यावश्यक सामानका गाडि रोकिदा अभाव र विरामीका साथै विदेशीबाट आएका मानिसलाई सास्ती भएको थियो।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको कालिखोला नजिकमा रहेको भिरलाई जाली लगाउने कार्य सम्पन्न अगावै पहिरोजाँदा ४५ मिटर सडक ढाकेको थियो। दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको खनालले जानकारी दिए। ‘शुरुमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा पहिरो पन्छाउन समय लागेको हो,’ उनले भने।
दुई दिन सम्म गाडिको लाईन कालीखोला देखि मनकामना केबुलकार सम्म र जलविरे देखि दासढुँगासम्म गाडिको लाईन थियो । पहिरो पन्छाउदै एकातर्फि गाडि आवतजावत गराई आकस्मिक सवारी साधनलाई सहज गराएको खनालले बताए।
नारायणगढ-मुग्लिन सडकखण्डमा भएको सवारी आवागमनको लाईभ भिडियो तथा फोटोहरु….