ईकोनोमिक खबर, काठमाडौं।
कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम कोषमा जम्मा भएको हो ।
कोषका लागि सहयोग गर्नेहरुमा नेपाल आयल निगमको रु ५० करोड र नेपाल फेडफरवार्डस एसोसिएसन रु सात लाख छ हजार १०१ रहेको छ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल दूर सञ्चार प्राविधकरण रु १५ करोड र नेपाल दूर सञ्चार कम्पनि लिमिटेड रु १२ करोड रहेको छ ।
निगमले ५० करोड रुपैयाँ बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको छ ।