ईकोनोमिक खबर, काठमाडौं।
मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुनुभएको छ ।
त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो ।
उहाँलाई भान्जी सदीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । १२ वर्ष अघि प्रधानमन्त्रीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।