ईकोनोमिक खबर, काठमाडौं।
कोरानो भाईरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु भएको छ।
भारतको कर्नाटकमा ७६ वर्षिय वृद्धको कोरोना भाईरसका कारण मृत्यु भएको हो । भारतमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घट्ना हो । मृतक २९ फेब्रअरीमा मलेसियाबाट भारत फकिर्एका थिए र उनको स्वास्थ्यमा समस्या देखिए पछि ९ अप्रिलमा अस्पताल भर्ना भएका थिए । कर्नाटकका स्वास्थ्य मन्त्री श्री रामुलुले ट्वीट गर्दै कोरोना भाईरसका कारण वृद्धको मृत्यु भएको पुष्टि गरेका छन् भने मन्त्रालयले पनि विज्ञप्ति प्रकाशित गरेको छ । भारतको कर्नाटक, तामिलनाडु, केरला, दिल्ली हुँदै उत्तर प्रदेशसम्म कोरोना संक्रमण फैलिसकेको छ । भारतमा कोरोनाका कारण एक जनाको मृत्यु भएपछि नेपाल सरकारले भारत तर्फका अधिकांश नाकामा बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरिय समन्वय समितिले भारत तर्फका अधिकां नाका बन्द गर्ने र सञ्चालनमा रहने सिमित नाकाहरुमा चेकजाँचमा कडाई गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशको राजधानी लखनऊमा कोरोनाको संक्रमण देखिएपछि नेपालले उच्च सतर्कता अपनाउन लागेको हो ।