ईकोनोमिक खबर, काठमाडौं।
चन्द्रागिरी न.पा. ७ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालयलाई सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौबाट आयोजित कार्यक्रममा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमका प्रमुख अतिथी तथा हस्तान्तरण कार्यक्रमका अध्यक्ष, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले उपलव्ध गराएको ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम चन्द्र्रागिरि नगरिपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि घनश्याम गीरी, उपमेयर लिसा नकर्मी समेतको उपस्थितीमा विद्यालयका प्रधानध्यापक गौतम नकर्मिलाई हस्तान्तरण गर्नुभयो।
स्थानीय नागरिक, विद्यार्थीहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले गुणात्मक शिक्षाका लागि विगत देखि नै सामुदायिक विद्यालयहरुलाई केहि न केहि सहयोग गर्दै आएको छ र यसै सिलसिलामा यस विद्यालयलाई सहयोग गर्ने अवसर दिनु भएकोमा विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिंदै चन्द्रागिरी नगरपालीकालाई बैंकसंग कारोबारको सिलसिलामा जोडिन हार्दिक अनुरोध गर्नुभयो । नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धि ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गनुभयो । उहांले ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक समृद्धिका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताउनुभयो । नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले देशको दुरदराजमा रहेका आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धिका लागि बिभिन्न बित्तिय साक्षरता एबम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरुपनि निरन्तररुपमा गर्दै आईरहेको समेत बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले यस्ता कार्यक्रमले गुणात्मक शिक्षाको अभिवृद्धिका लागि महत्पूर्ण भूमिका खेल्ने तथा सूचना प्रविधिको पूर्ण सदुपयोग हुने भएकोले बैंकलाई विशेष धन्यवाद दिदै उपस्थित टोलबासीहरुलाई कृषि विकास बैंकमा नै बैंकिङ्ग कारोबार गर्न अनुरोध गर्दै कृषि विकास बैंकले पुराएको सहयोगको सराहना गरी बैंकको उच्च प्रगतिको कामना गर्नुभयो। कार्यक्रमका विशिष्ठ अतिथि तथा चन्द्रागीरी नगरपालिकाका उपमेयर श्री लिसा नकर्मीले यस्ता सामाजिक कार्यले समाजमा बैंकको गरिमा बढाउंदै जाने भएकोले उक्त कार्यको प्रशंसा गर्दै बैंकले पु¥याएको योगदानको प्रसंशा समेत गर्नुभयो।
कार्यक्रमका अतिथि तथा कृषि विकास बैंक, क्षेत्रिय कार्यालय काठमाडौका का.मु. निर्देशक सुन्दर खतिवडाले बैंक केवल नाफामुखी व्यवसाय मात्र गरी सामाजिक सेवामा पनि त्यतिकै समर्पित रहने र भविष्यमा पनि गुणात्मक शिक्षाका लागि यस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने भन्दै बैंकले संचालनमा ल्याएका सुविधाहरुमा (एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, सि.आस्वा सुविधा, डिम्याट सुविधाको बारेमा समेत जानकारी दिनुभयो। कृषि विकास बैंक, थानकोट शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठले बैंकले उपलव्ध गराएका सेवाहरुका भरमग्दुर उपभोग गर्न बताउनु भयो।
उक्त कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धकहरु यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, विभागीय प्रमुखहरु मिनराज पोखरेल, शंकर कुमार अर्याल, हिमलाल पौडेल, शाखा संचालन विभागका शाखा प्रमुख महेश्वर मरहठा, सामान्य सेवा विभागका शा.अ. जेनु बस्नेत, कृषि विकास बैंक लि. कलंकीका प्रबन्धक कल्पना सेंढाई, क्षेत्रिय कार्यालय काठमाडौका शाखा प्रमुख राजेन्द्र रानाभाट लगायतका अन्य कर्मचारीको समेत उपस्थिती रहेको थियो।