ईकोनोमिक खबर, काठमाडौं।
भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा राखेर नेपालको भूमि अतिक्रमण गरेको विरोधमा विभिन्न संघ, संस्था, पार्टीका कार्यकर्ताका साथै आज स्कुलका ससाना विद्यार्थी पनि सडकमा निस्किएका थिए।
राजधानीको विभिन्न स्कुल बाट आएका विद्यार्थी माइतीघरमा जम्मा भएर उनीहरुले बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। विद्यालयको पोशाकमै प्रदर्शनमा सहभागी भएका उनीहरुले भारतीय अतिक्रमणविरुद्ध नाराबाजी पनि गरेका थिए। राष्ट्रिय भावना बाट ओतप्रोत विद्यार्थीले गरेको प्रदर्शनमा भने प्रहरीले हस्तक्षेप गरेको छ। माइतीघरबाट जुलुस बबरमहल आइपुगेपछि प्रहरीले लाठीचार्ज गरेर तितरबितर गरेको हो।
नेपालको सिमा नमिच्न, र हाम्रो देशको रक्षा गर्न भनि सरकारलाई नाराजुलुस सहित शशक्त प्रदर्शनले हरेक नेपालीमा जनआवाज गुन्जीरहेको आभास पाउन सकिन्छ।
यस्तै राप्रपा समर्थित युवाहरु काठमाडौंस्थित भारतीय दूतावास घेराउको प्रयास गरेका छन्। लैनचौरस्थित भारतिय दूतावास घेराउ गर्न आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय धुम्बराहीबाट लैनचौर हिँडेका राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ।
संगठनका अध्यक्ष प्रकाश रिमालले प्रहरीले गरेको हस्तक्षेपको विरोध गरेका छन्। रिमालेले भनेका छन्, ‘सीमा रक्षाको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ।