ईकोनोमिक खबर, काठमाडौं।
भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा कार्यक्रमको आज हुदैछ। अब खाना, नाना र छानाको अभावमा कोहि प्रभावित हुने छैनन। देखिएका र भेटिएकाहरुको समयमा उद्धार गरौं, यो शसक्त अभियानको शुरुवात हो यसलाई सबै मिलि सफल पारौं।
यस कार्यका सहयोगी संघ, सँस्थाहरुमा भरतपुर महानगरपालिका, मानवसेवा आश्रम चितवन , जिल्ला प्रशासन कार्यलय चितवन र जिल्ला प्रहरी कार्यलय चितवनको संयुक्त पहलमा बेसाहारा तथा अभिभावकविहिन सहयोगापेक्षी सडकमानवमुक्त महानगर आज घोषणा भएको छ।