
ईकोनोमिक खबर, काठमाडौं।
इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानवसेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी २४ वर्ष पुरागरि २५ वर्ष लागेको अवसरमा आश्रमलाई सहयोग उपलब्ध गराइएको हो।
वि.स. २०५२ सालबाट सञ्चालनमा आएको वल्र्डलिंकले विगत २४ वर्षदेखी नेपालका शहरी तथा ग्रामीण भेगमा इन्टरनेट सेवा पु¥याउँदै आएको छ। वल्र्डलिंकले पछिल्लो समयमा आफ्ना ग्राहकलाई उच्चगतिको सहज र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। त्यति मात्रै नभएर कम्पनीले विभिन्न सामजिक क्षेत्रमा समेत योगदान गर्दै आएको छ। यसैक्रममा कम्पनिले आफ्नोे सामाजिक उत्तरदायित्व अन्र्तगत मानवसेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको कम्पनीका कार्यकारी निर्देशक विजय जालान बताउनु भयो। मानवसेवा आश्रम भक्तपूर शाखाको गृह प्रवेश र उद्धघाटन समारोहको अवसरमा कम्पनीले यो रकम संस्थालाई हस्तान्तरण गरेको छ ।
उक्तअवसरमा कार्यक्रमका प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले वल्र्डलिंकका कार्यकारी निर्देशक विजय जालानलाई सम्मानपत्र हस्तान्तरण गरेका छन् । उक्त अवसरमा कार्यकारी निर्देशक जालानले आफ्नो धारणा राख्दै , असाहाय, बेसाहारा र लावारिस अवस्थामा रहेका मानिसहरुलाई उद्धार गरि निःस्वार्थ भावनालले सेवागर्दै आएको मानव सेवाआश्र्रमलाई कम्पनीले १० लाख रुपैंया साथै मानव सेवाआश्रमका नेपाल भरि रहेका १६ ओटै शाखाहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको बताए । ‘आश्रमले निःस्वार्थ सेवाबाट सडकमा रात बिताउने बाध्य भएका असाहाय मानिसहरुलाई बस्नको लागि छत उपलब्ध गराएको छ।’, उनले भने, ‘यस्तो संस्थालाई सहयोग गर्न पाउँनु हाम्रो कम्पनीको लागि पनि अवसरको विषय हो।’
नेपालमा यस्ता असाहाय र कमजोर मानिसहरु धेरै छन। जालानले भने, ‘सबै व्यक्ति संघ संस्थाले सहयोगको हात बढाएको अवस्थामा यसको समाधान हुन सक्नेछ ।’ यहि भावनाका साथ कम्पनीले संस्थालाई सहयोग गरेको हो । कम्पनीले आगामी दिनमा पनि यस्तो सहयोगहरु गर्दै जाने उनले बताए।