ईकोनोमिक खबर, काठमाडौं।
एकै स्थानमा ४ मेलाले नेपालीहरुको महान बडादशैँ आएको भान हुन्छ, त्यो स्थान सधैं मेला लागी रहने स्थान भृकुटिमण्डपमा देख्न सकिन्छ। यसबेलामा मौषम पनि साह्रै राम्रो थोरै जाडो थोरै गर्मी हुने समय नै दशैँ हो। अहिले राजधानीको मुख्य चोक तथा व्यापारिक केन्द्रमा किनमेल गर्नेहरुको भिडभाड शरु भएको छ।
बिदाको दिनमा न्यूरोड र असन बजार क्षेत्रमा भिड रहने शहर दशैँका लागि किनमेल गर्नेहरुको बाक्लो भीड ललितपुरको जावलाखेल देखि लगनखेल, बानेश्वर देखि सिनामंगल, चावाहिल देखि जोरपाटि देख्न सकिन्थ्यो।
दशैँका लागि आफ्ना र बालबच्चाहरुका लागि नयाँ लुगा किन्नका लागि देखि बजाज बाईकले मेला विशेष एक्सचेन्ज मेला पनि त्यस स्थान लाई रखेको छ। जुत्ता ब्यवसायीहरुको दई स्थानमा दशै मेला आयोजना भइको थियो। दशै विशेष मेलामा भृकुटिमण्डपको मुख्य हलमा ईभेन्ट सोलुसनको आयोजनामा मेला संचालन भएको छ। सम्पूर्ण साम्रगीको छुट सहित मेलाको आर्कषणका लागी टिकटमा बम्पर उपहार राखिएको छ।
गोङ्गबुको बसपार्कमा टिकट लिनेको भिड छभने शहरका मलहरुमा पनि उत्तिकै चहलपहल छ । ग्राहकलाई आकर्षित गर्न किनमेलमा छुट तथा विभिन्न अफरहरु वालेट देखि सानो जमल पसलमा पनि राखिएका छन्। २० प्रतिशत देखि ५० प्रतिशत सम्म हरेक सामानमा छुट हुनेहँुदा मानिसहरुको भिडभाड त्यता नै धेरै हुने गर्दछ।