ईकोनोमिक खबर, काठमाडौं।
नेपाल आयल निगमले आज राती १२ बजे देखि हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाउने भएको छ। निगमले हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैया घटाउने भएको हो।
अबको दरमा अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्याँसको मूल्य प्रतिसिलिण्डर रु १३५० मात्र कायम रहने निगमका प्रवक्ता वीरेन्द्र गोइतले आज जानकारी दिए।
सरकारको हरेक १५ दिनमा ईन्डीयन आयल कर्पोरेसनसँगको दररेट समायोजनको अनुसार मुल्य कायम गरीने गरीन्छ, यस समयमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ। सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो।
अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य समायोजन भएसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने निगमले विश्वास लिएको छभने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्याँसको मूल्य घटाइने बताउनुभएको थियो।
मोतिहारी अमलेखगन्ज पाइपलाइन शुभारम्भकै दिन पनि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो।