ईकोनोमिक खबर, काठमाडौं।
अहिले देश संघिय संरचनाको स्थानिय तहलाई धरै अधिकार दिएको अवस्थामा यति धेरै वेवस्ता गरीनु देशलाई समस्या तर्फ धकेल्नु हुन्छ, कहि दिउसै मादक पदार्थ सेवन गर्ने र कार्यालय आउने त कतै आफ्नै गाँउपालिकाको कार्यालय तोडफोड गर्ने सम्म निर्किष्ट कार्य हुन थालेको छ।
कास्कीको माछापुच्छ«े गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्ष सहित केहि ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरुमा वडाअध्यक्ष बीरेन्द्र गुरुङ, स्थानीय यूवाहरु बिपुल शर्मा, गणेश आचार्य रहेका छन्। कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले उनिहरुमाथि अनुसन्धानको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। गत हप्ता उनीहरु सहितको समूहले गाउँपालिकाको बैठक कक्षमा रहेको सामाग्रीहरु तोडफोड गरेको आरोप छ। गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिनु भएको थियो ।