७ वटै हेलिकप्टरका चालक सहित विदेशी पर्यटक सबै सकुशल


ईकोनोमिक खबर, काठमाडौं।
अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसके पछि अकस्मात काभ्रे, रामेछाप र सोलुमा आकस्मिक अवतरण भएका छन। मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एक÷एक वटा हेलिकप्टर पाँचखालमा अवतरण भएभने ३ वटा नेपालथोकमा अवतरण गरेका छन। ९ हेलिकप्टरमा ४५ जना विदेशी पर्यटक सवार थिए । ७ वटै हेलिकप्टरका चालक सहित विदेशी पर्यटक सबै जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
मौसम खराव कारण लुक्लाबाट काठमाडौंका लागि उडेको ९ ओटा हेलिकप्टर मौसम खराबी भएपछि काभ्रे, रामेछाप र सोलुखुम्बुमा आकस्मिक अवतरण गरिएको छ । सिम्रिकको अर्को १ हेलिकप्टर भने काठमाडौं आइसकेको छ ।