दशैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि


ईकोनोमिक खबर, काठमाडौं।
आउँदो दशैंमा काठमाडौंबाट बाहिर जाने यात्रुका लागि असोज ५ गतेदेखी अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार असोज ५ गतेदेखी टिकट बुकिङ खुल्ने जानकारी दिनुभयो । यसका लागि यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच आज सहमती भएको छ।

महासंघका प्रवक्ता सरोज सिटौलाले भाडा समायोजनको विषय सरकारलाई जिम्मा दिएको बताउँदै असोज ५ गतेदेखी अग्रिम टिकट बुकिङ खुल्ला गरिने बताउनुभयो । सिटौलाले देशभर विग्रीएका सडक मर्मतलाई जोडदार रुपमा उठाएको समेत बताउनुभयो । ग्रामिण सडकदेखी राजमार्गका सबै सडकका खाल्डाखुल्डी पुरेर आवागमनलाई सहज बनाउन सरकारले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।