ईकोनोमिक खबर, काठमाडौं।
नेपालका महान्यायाधिवक्ताको नेतृत्वमा संघीय सरकार तथा सात प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु सम्मिलित १२ सदस्यीय प्रतिनिधिमण्डल २०७६ भाद्र ८–१४ गतेसम्मका लागि भारतको ७ दिने अवलोकन भ्रमणमा छन्।
यस भ्रमणले नेपाल र भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्ता बिचको अनुभव साटासाट, अध्यययन, विभिन्न देशकाका केन्द्रीय र राज्य न्यायिक प्रणाली बिचको सम्बन्धको अध्ययन गर्नु यस भ्रमणको उद्देश्य रहेको छ।
प्रतिनिधिमण्डलले भारतको सर्वोच्च अदालत, दिल्ली उच्च अदालतको भ्रमण गर्नुका साथै नयाँ दिल्लीस्थित भारतीय विधि संस्थानमा एक दिने कार्यशालामा भाग लिनेछ। सो प्रतिनिधिमण्डलले भाद्र ११–१३ गतेसम्म गुजरातको भ्रमण गर्ने कार्यक्रम तय भएकोछ ।
भ्रमणको क्रममा गुजरात उच्च अदालतको भ्रमण गरी त्यहाँका महाधिवक्तासँग भेटघाट गर्नुका साथैे गान्धीनगर स्थित गुजरात फोरेन्सिक विज्ञान विश्वविद्यालयमा (जीएफएसयु) एक दिने कार्यशालामा भाग लिने कार्यक्रम पनि तय भएको छ।
नेपालका महान्यायाधिवक्ता अग्नि खरेलले भाद्र १० गते भारतीय समकक्षीलाई भेटी आपसी हितको विषयमा छलफल गर्नुभयो ।