बालगायक सत्यालको बालकण्ठ आवाजमा गुञ्जिएको “बाबाको माया हो, बाबाको छाया हो, हाम्रो साहारा” गीतको म्यूजिक भिडियो


ईकोनोमिक खबर, काठमाडौ।
मिलेका दन्तलहर, हसीलो मुहार र आँखा फूल झै चम्किलो, अनि दुनियाँ विर्साउने स्वरका धनी नवगायक दिब्य सत्यालले ३ बर्षको उमेर चमत्कार स्वरुप “साहारा” गीत सार्वजनिक गरेका छन्। साह्रै नै मार्मिक बाल्यकालमा नै गीतमा स्वर दिएका “बाबाको माया हो, बाबाको छाया हो, हाम्रो साहारा।।” बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ।

बालगायक सत्यालको बालकण्ठ आवाजमा गुञ्जिएको “बाबाको माया हो, बाबाको छाया हो, हाम्रो साहारा।।” गीतको म्यूजिक भिडियोलाई बुढासुब्बा डिजिटल प्रा.लि. मार्फत संसारभर एकैसाथ सार्बजनिक गरिएको हो।
जिवन यात्राको कलिलो उमेर ३ बर्षमै नवगायक दिब्य सत्यालले साहारा गीत सार्वजनिक गरेका छन्। नेपालमा सम्भबत यति सानो उमेरमा गीत रेकर्ड गराई म्युजिक भिडियो समेत बजारमा आएको पहिलो नै होला। तोते बोली बोल्दै भाडाकुटि खेल्ने उमेरमा नै उनले मार्मिक गीत गाएर सबैलाई चकित पारेका छन्। उनी अहिले भि एस निकेतन मन्टेश्वरिको नर्सरिमा विद्यालय यात्रा भर्खर सुरु गरेका छन्। गीतमा समग्रमा आफ्ना आमा, बाबालाई नै संसार कै उच्चश्रेणिमा राखि बयान गरीएको यस बाबासँगको मायाँ र बाबाको साहारा बारे चर्चा गरिएको छ।

रचनाकार तथा संगीतकार गायिका शोभा सत्यालको यस गीतको रचना तथा संगीत रहेको छ। संगीत संयोजन मनोहर सुनामले गर्नुभएको छ भने गीत रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गर्नुभएको छ। यसैगरि भिडियो छायांकन र सम्पादनमा सुरेन्द्र श्रेष्ठ हुनुहुन्छ।
भिडियोमा कलाकार नवराज सत्याल र गायकको अद्भूत कलाकौशलले भरिएको प्रशंसनीय अभिनय रहेको छ। जसमा बाबु छोराका भूमिक साह्रै मार्मिक रहेकोछ, स्वरमा रहेको बालापनले सबैको मनलाई छुन सफल हुनेछ, यसगीतमा बाबु दिब्य सत्यालले हुने विरुवाको चिल्लो पातको रुपमा रहने विश्वास लिनसकिन्छ।