“बजाज भविष्यवाणी”


ईकोनोमिक खबर, काठमाडौं।

दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले “अब कति जितिन्छ पहिल्यै देखिन्छ” भन्ने नारा सहित “बजाज भविष्यवाणी” सार्वजनिक गरेको छ।

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ। दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि र किने पछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको छ ।
बजाजको भविष्यवाणी योजनामा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमार्फत उनीहरुले १ लाखसम्मको छुट तथा अफर पाउन सक्नेछन् साथै उनीहरुले बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमा उनीहरुले १ लाखसम्मको नगद छुट पाउनेछन्। यस योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनैपनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन्।

यस योजनाको शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भन्नुभयो, “बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि बजाज भविष्यवाणी उत्तम रहेको छ । यस अफरमार्फत ग्राहकहरुले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्नेछन् । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।”