हुम्लामा बीमा गर्नेको संख्या दोब्बरले वृद्धि


ईकोनोमिक खबर, स्थानिय।
नेपाल लाईफ इन्सोरेन्स कम्पनीको हुम्ला शाखामा गत बर्षमा बीमा गर्ने सेवाग्राहीको संख्या दोब्बर भएको छ । जीबन बीमाको महत्व बुझ्दै जानु र कम्पनीले प्रचार प्रसारमा जोड दिएपछि बीमा गर्ने संख्यामा दोब्बर भएको हो।

अघिल्लो बर्ष जम्मा ६५० जना भएकोमा असार मसान्त सम्म कम्पनीको हुम्ला शाखाबाट बीमा गर्ने संख्या १३३१ जना पुगेको बिमा कम्पनीको हुम्ला उपशाखा प्रमुख कर्णबहादुर बुढाले बताउनुभयो । गत बर्ष भन्दा यस बर्ष मात्र ५८१ जना बिमा गर्ने सेवाग्राही थपिएको उहाँले बताउनु भयो । अहिले हुम्लामा बीमा गर्नेमा बढी बालबालिका रहेकका साथै महिलाको संख्या पनि बढेको छ । बीमाका लागि तिर्ने किस्ता दश हजार देखि आठ लाख ३६ हजारसम्म रहेको र यसबाट जीबन बिमा एक लाख देखि एक करोड रुपियाँ सम्मको बीमा गरिएको बताउनु भयो।