ईकोनोमिक खबर, काठमाडौं।
यस आ.ब.को असार मसान्त सम्म बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने वा गाभिएर कार्य गरेमा नेपाल राष्ट्र बैंकले सहुलियत दिने भएको छ। आर्थिक वर्ष २०७६/०७७को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल भने–‘मर्जरमा गई एकीकृत कारोबार गर्र्ने बैंकलाई थप ५ सहुलियत प्रदान गरिने छ।’त्यस्ता विशेष सहुलियतमा कृषि, उर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्याउनु पर्ने अवधि २०७८ असार मसान्त सम्म कायम गरिने, कर्जा र निक्षेप बीचको ब्याज दर अन्तर ४।४ प्रतिशत कायम गर्नु पर्ने अवधि २०७८ असार मसान्तसम्म कायम गरिने, शाखा बिस्तार गर्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने, संचालक वा प्रमुख कार्यकारी अधिकृतको पदबहालीमा ६ महिने अवधि लागु नहुने, चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्ने समय २०७८ असार मसान्त सम्म थप हुने लगायतका विषय मौद्रिक नीतिमा उल्लेख छ ।