ईकोनोमिक खबर, काठमाडौं।
आज घोडिघोडा लघुवित्त वित्तीय संस्थको आइपिओ बाँडफाँड एक कार्यक्रम विच सम्पन्न भएको छ । शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमालादीमा रहेको छ।
आइपीओमा आवेदन दिएका मध्ये २ लाख ८५ हजार ५६५ जनामा १२ हजार ४५९ जनाले शेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले शेयर दिइएको हो । आइपीओमा आवेदन दिएका ४९० जनाको आवदेन रद्द भएको प्रभु क्यापिटलले जनाएको छ।
गत असार २० देखि २४ गतेसम्म कुल १ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये १ हजार ३८० कित्ता शेयर कर्मचारी र ६ हजार ६३० कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।