ईकोनोमिक खबर, काठमाडौं।
निरन्तर बर्षाका कारण सबै नदि र खोलामा पानीको बहाब उच्च भएको छ । नारायणी नदिमा पानीको बहाब खतराको बिन्दुभन्दा माथी पुगेपछि ३ स्टेशनमा साइरन बजाइएको छ। यस्तै बागमती नदिमा पनि खतराको साइरन बजेको छ।
कमला नदिको ६ वटा स्टेशनमा खतराको घण्टी बजाईएको छ । कोशी नदीको मान ेभन्ज्याङ र लेटाङ आसपासमा पानीको बहाब खतराको बिन्दुभन्दा माथी पुगेपछि त्यहाँ पनि साइरन बजाईएको छ।