ईकोनोमिक खबर, काठमाडौं ।
नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उत्पादन लेमिनेटेड बोरामा मात्रै बजारमा ल्याउन उद्योग–उद्योगमा पत्राचार गरेको छ ।
सर्वोच्च अदालतको निर्णय कार्यान्वयनका लागी लेमिनेटेड बोरालाई मात्र बजारमा ल्याउन फैसला गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले सबै उद्योगमा जानकारी गराएको विभागका प्रवत्ता बताए।
विभागले नेपाल सिमेन्ट उत्पादक संघलाई पत्राचार गरिसकेको छभने देशभरीका सबै उद्योगमा पत्राचार गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए।
विभागले २०६९ सालमै लेमिनेटेड बोरामार्फत सिमेन्ट बजारमा ल्याउन उद्योगीहरुमा परिपत्र पठाएको थिया । उद्योगीहरु त्यस परिपत्रको बर्खीलापमा सवौच्च अदालतमा उजुरी हालेका थिए। अदालतले तत्कालै निर्णय कार्यान्वयन नगर्न नगराउन हुन विभागलाई अन्तरिम आदेश दिएपछि यस निर्णयलाई तत्कालका लागी स्थगित गरेको थियो । यस समयमा सर्वौच्च अदालतले विभागको उक्त निर्णय कार्यान्वयन गर्न फैसला गरेपछि सरकार त्यसअघिको अनुसार नै अघि बढेको हो ।
विभागको निर्णय बमोजिम अघि बढ्दा लागतमा मुल्यवृद्धि हुने जनाए, उद्योगीले सिमेन्ट लेमिनेटेड बोरामा प्याकिंग गर्दा लागत बढ्ने र त्यसको असर प्रति बोरा मूल्यमा पर्ने भएकाले उद्योगीहरुले विरोध गर्दै आएका थिए।
विभागले लेमिनेटेड बोरामा सिमेन्ट प्याकींग गर्दा उपभोक्तालाई बस्तुको गुणस्तरमा ह्रास आउदैन, निर्माण मजबुद बन्छ, उपभोक्ता हक हितका लागी पनि विभागले यस निर्णयलाई कार्यान्वयनमा लैजाने बताए । ‘