ईकोनोमिक खबर, साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५२ औं बार्षिक साधारणसभा सम्पन्न भयो। उक्त सभाले आ.ब.२०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गर्यो । उक्त बर्ष कर्पोरेशनले कुल मुनाफा रु. १ अर्व १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो ।
साल्ट ट्रेडिङ्गको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरबाट बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.ब. २०७४।०७५ मा रु. ९ अर्व ६९ करोडको कारोबार गर्न सफल भएको बताए । गतबर्ष रु. ८ अर्ब ५८ करोडको कारोबार भएको थियो । साल्ट ट्रेडिङ्गले यस बर्षको शुरुको ७ महिनाको कारोबार तर्फ माघ मसान्तसम्म रु.४ अर्ब ७९ करोड ब्यावसायिक कारोबार गरेको उनले जानकारी दिए ।
अध्यक्ष मानन्धरले साल्ट ट्रेडिङ्गले नेपाल सरकारको निर्देशन पालनागरी सामाजिक उत्तरदायित्व बहन गर्नुपरेकाले कुनै बस्तुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नुपरेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्ननसकेको बताए।
नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.ब. २०७५।०७६ को कुल रकमको साल्ट ट्रेडिङ्गलाई प्राप्त हुने ३० प्रतिशत रकमबाट युरिया २०,००० मे.टन, डि.ए.पी. २०,००० मे.टन र पोटास २५०० मे.टन आयात भईसकेको र बाँकी परिमाण यसै आ.ब.को अन्त्यसम्ममा आयात भईसक्ने अध्यक्षले जानकारी गराए ।
साल्ट ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले चिनी आयातमा भएको व्यवधान बारे जानकारी गराउदंै देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्र्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि साल्ट ट्रेडिङ्गले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउदै आफ्नो कारोबारमा सकारात्मक सुधार सहित अगाडि बढेको बताईन । व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै साल्ट ट्रेडिङ्गले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा बर्षभरी उपलब्ध गराउने तर्फ प्रतिबद्ध रही कार्य गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
साल्ट ट्रेडिङ्गले भूकम्प प्रतिरोधात्मक प्रबिधिको घर निर्माण गर्ने उद्देश्य अनुसार साल्ट ट्रेडिङ्गको समेत लगानीमा फ्यूचर वक्र्स विल्डिङ्ग सोलुसन प्रा.लि. कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन शुरु गरेको छ, साथै साल्ट ट्रेडिङ्गको सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रबिधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुप चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको छ ।
त्यसैगरि साल्ट ट्रेडिङ्गको ५२ औं बार्षिक साधारणसभा माझ सम्पन्न निर्वाचनबाट संचालक समितिको चयन समेत गरेको छ । उक्त निर्वाचनबाट लक्ष्मीदास मानन्धर, प्रदिप लाल श्रेष्ठ, कल्याण गोविन्द श्रेष्ठ, किर्ती कुमार जोशी, अतुल मल्ल, अन्जन श्रेष्ठ र राजेन्द्रमान श्रेष्ठ संचालक समितिको सदस्यमा निर्वाचित भएका छन । नवनिर्वाचित संचालक समितिले लक्ष्मीदास मानन्धरलाई अध्यक्षमा चयन गरेको छ ।