राष्ट्रिय मानवअधिकार आयोगले नागरीकको स्वास्थ्यमा संवेदनशिल हुन सरकारको ध्यानाकर्षण


ईकोनोमिक खबर, काठमाडौं।

राष्ट्रिय मानवअधिकार आयोगले भारत तथा तेस्रो मुलुकबाट आयात हुने खाद्यान्न, फलफुल तथा तरकारी लगायत उपभोग्य सामाग्रीमा विषादी जाँच नगर्ने सरकारको निणर्यप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज एक विज्ञप्ती जारी गर्दै विषादी रहित खाद्य उपभोगको अधिकार सुरक्षीत गर्न सरकारसंग माग गरेको छ । आयोगले जथाभावी रुपमा विषादीको प्रयोग हुने तरकारी, फलफूल लगायतका उपभोग्यवस्तुले स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै नागरीकको स्वास्थ्यमा संवेदनशिल हुन सरकारको ध्यानाकर्षण गराएको छ।